• ६ असोज २०८३, मंगलबार
  • ३ः१८ राती

बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल, चालकको मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार १०:२१

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

National Life

उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङको मृत्यु भएको हो । उपचारका लागि अस्पताल लैजाने क्रममा तामाङको बाटोमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट थप उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया