• ४ असोज २०८३, आइतबार
  • ६ः२१ बेलुका

चुनाव हारेका वामदेवलाई प्रधानमन्त्री बनाउनु लोकतन्त्रको हत्या : बाबुराम भट्टराई

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०९:५०

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधन गर्न कार्यदल बनाएकोप्रति कडा आपत्ति जनाएका छन् ।

National Life

उनले ट्विटरमा यस्तो लेखेका छन्,”विनाशकाले विपरित बुद्धि! निर्वाचन हारेको वा चुनाव नलडेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु भनेको लोकतन्त्रको उपहास मात्र नभै वस्तुत स् त्यसको हत्या हो! २र३ को दम्भ र अलिकति हिम्मत छ भने प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर!”

Classic Tech Mobile
Classic Tech Desktop

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्रीसमेत बनाउने प्रयत्नस्वरुप संविधान संशोधन गर्न लागिएको समाचार सेयर गर्दै नेता भट्टराईले आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।

प्रतिकृया