• ५ असोज २०८३, सोमबार
  • ६ः५६ बेलुका

प्रहरी महानिरीक्षक खनालद्धारा प्रहरी व्यारेक भवन शिलान्यास

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार १०:३२

कास्की, संगठन प्रमुख प्रहरी महनिरीक्षक सर्वेन्द्र खनालद्वारा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम कास्कीको हाताभित्र नव–निर्माण हुने प्रहरी व्यारेक भवनको एक कार्यक्रमका बिच अइतबार शिलान्यास गर्नु भएको थियो ।

National Life

नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई व्यवस्थित एवम् सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण हुन लागेका उक्त प्रहरी भवन अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीमा नव निर्माण हुने भवनको प्रहरी माहनिरीक्षक खनालले जगमा भूमि पुजन तथा इट्टा र सिमेन्ट मसला राख्दै शिलान्यास गर्नु भयो भने वडा प्रहरी कार्यालय वैदाममा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी. र प्रहरी महानिरीक्षक खनालले सयुँक्त रुपमा भवनको शिलान्यास गर्नुभएको थियो ।

भवन शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दण्डहिनताको अन्त्यका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरुमा शुन्य सहनशिलताको नीति अंगिकार गरी राज्यको शान्ति सुरक्षा तथा अमन चयनको अवस्थालाई सदैव विश्वस्त बनाउदै प्रहरी संगठनलाई दक्षिण एसियाकै अब्बल प्रहरी संगठनको रुपमा परिचित गराई राज्यद्धारा सुम्पिएका सबै जिम्मेवारीलाई संगठनले त्रुटिरहित ढङगले पुरा गरेको स्मरण गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै कुनैपनी भौतिक संरचनाहरु र अन्य विषयहरु व्यवसायिक प्रहरी कार्य सम्पादनको कारक नहुने भएपनी सुविधा सम्पन्न प्रहरी कार्यालय व्यारेकहरुमा बस्ने प्रहरी कर्मचारीहरुबाट थप प्रभावकारी एवम् जनमुखी प्रहरी सेवा प्रवाह हुनेमा आफु विश्वस्त रहेको बताउदै तोकिएको समय सिमा भित्रै निर्माण कार्य सम्पन्न गर्न समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको थियो ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि।सी।ले पोखरा महानगरलाई देश कै सुरक्षित, सु(संस्कृत र समृद्ध बनाउन महानगर अन्तर्गत आफूहरु जस्तो सुकै योगदान गर्न पनि कटिवद्ध भएको बताउदै जनप्रतीनिधि, प्रहरी र प्रशासन साझा उदेश्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको थियो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले न्यून सुविधा र स्रोत साधनका बावजुत पनि उत्कृष्ट प्रहरी सेवा प्रदान गर्दै आएको प्रहरी संगठनका लागि सुविधा सम्पन्न प्रहरी भवनहरुको निर्माण हुनु खुशिको कुरा भएको बताउदै प्रविधियुक्त जनमैत्री प्रहरी सेवा प्रवाह नै आजको प्रमुख आवश्यक्ता रहेको औँल्याउनु भएको थियो ।

कार्यक्रममै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत कास्की जिल्लामा प्रहरीसंग साझेदारी गर्ने पोखरा महानगरपालिका लगायत जिल्ला अन्तर्गगत विभिन्न गाउँपालिकाहरुलाई प्रहरी महानिरीक्षकद्धारा प्रशंसा पत्र हस्तान्तरण गरिनुका साथै जिल्ला अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरुलाई समेत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद राजिव पहारी, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, आमा समूह, पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया