संगठनको गरिमा हाम्रो छबिमा : महानिरीक्षक पोखरेल
प्रकाशित मिति
२०७६ माघ १ गते, बुधबार ०९:५५
भक्तपुर, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले संगठनको गरिमा नेपाल प्रहरीको छबिमा जोडिएकोले संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित क्रियाकलाप नगर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मंगलबार विहान महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको हो । कार्यक्रममा उहाँले निर्देशन दिदै भन्नुभयो, ‘संगठन हाम्रो हो, संगठन बलियो भयो भने मात्र हामी बलियो हुन्छौ, संगठनको प्रतिष्ठा नै हाम्रो प्रतिष्ठा हो ।’


कार्यक्रममा महानिरीक्षक पोखरेलले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन शिष्ट नम्र व्यवहार र कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न निर्देशन दिनुभयो । उहाँले डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले कुनै पनि प्रहरी कर्मचारीहरूले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गर्ने र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो ।
कार्यक्रममा महानिरीक्षक पोखरेलले अथक प्रयासका बाजुत पनि कही न कही नेपाल प्रहरी आलोचित भएको गुनासो गर्दे भन्नुभयो, ‘अबको समय भनेको त्यस्ता आलोचितबाट मुक्त हुनलाई प्रहरी सेवा प्रवाहमा समय सापेक्ष र वैज्ञानिक दुवै हुनुपर्छ । ’ उहाँले संगठनको १ जनाको गल्तीले संगठन कै शिर झुक्ने हुनाले प्रहरीले कुनै पनि लोभलालच त्यागी, वोली बचन शिष्ट नम्र व्यवहार र सेवा प्रवाहमा निष्पक्ष्य,मर्यादित हुन निर्देशन दिनुभयो । उहाँले यदी यसमा कोही प्रहरी कर्मचारी चुक्छ भने त्यसलाई Excuse नगर्ने बताउनुभयो ।
आफ्नो क्षेत्र शान्त,सुरक्षित राख्नको लागि योजना बनाई,कार्यान्वय गरी नागरिकहरूले सुरक्षाको प्रत्याभूति हुने गरी कार्य गर्ने निर्देशन दिनुहुदै नेपाल सरकारले अंगिकार गरेको सुशासन र समृद्ध नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रहरूमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानिरीक्षक पोखरेलले निर्देशन दिनु भयो ।





प्रतिकृया