• ५ असोज २०८३, सोमबार
  • ७ः०१ बेलुका

सिन्धुपाल्चोकमा सवारी दुर्घटना ७ जना घाइते

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार १२:२८

सिन्धुपाल्चोक ,सिन्धुपाल्चोकको ६ किलोमा फेरि अर्को सवारी दुर्घटना भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।गत मंसिर २९ गते १६ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केही दिनपछि नै फेरि जीप दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले बा २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जनाएको छ । जिप काठमाडौंको सीतापाइलाबाट दोलखाको कालिञ्चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको खुलेको छ ।

National Life

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।

प्रतिकृया