• ५ असोज २०८३, सोमबार
  • ३ः२१ राती

गाउँपालिका अध्यक्षकी श्रीमती सम्पर्कमा, अध्यक्षको अवस्था भने अज्ञात

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार १२:५७

काठमाडौँ, अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला सम्पर्कमा आउनुभएको छ । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

National Life

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीका अनुसार, अध्यक्षका श्रीमती अहिले सम्पर्कमा आए पनि अध्यक्ष भने सम्पर्क विहिन रहनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य समेत रहेका शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वमा उहाँलाई अपहरण गरेको नेकपाले दाबी गरेको छ।

इला नेपाल राष्ट्रिय शिक्षक संगठनमा केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ । शाही दम्पत्ति आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा पर्नुभएको थियो । यद्यपि प्रहरीले भने अपहरण हो वा होइन स्पष्ट पारिसकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया