• ५ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार ०९:५६

काठमाडौँ, पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार हिमपातका कारण मुगु, हुम्ला, डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा विमानस्थल नै अवरुद्ध भएको छ ।

National Life

पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिबारबाट सुधार आउने छ । विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया