• ४ असोज २०८३, आइतबार
  • २ः४४ राती

उधौली पर्वको अवसारमा राष्ट्रपति भण्डारीद्धारा शुभकामना

प्रकाशित मिति

२०७६ मंसिर २६ गते, बिहीबार ०९:४८

काठमाडौँ, किरात समुदायकोमहान् पर्व उधौलीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण देश तथा विदेशमा रहनुभएका किरात धर्मावलम्बीहरुलाई सुख, शािन्त, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

National Life

उहाँले भन्नुभएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाइ सुमधुर बनाउन सहयोग गरेको पनि उहाँको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्‍भाव अभिबृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्‍दै उहाँले शुभकामना दिनुभएको हो ।

प्रतिकृया