• ५ असोज २०८३, सोमबार
  • १२ः३६ राती

समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुदैन : राजेन्द्र महतो

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०२:५८

लहान, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताउनु भएको छ । पार्टीको कार्यक्रमका लागि सिरहा पुगेका संयोजक महतोले सोमबार सञ्चारकर्मीसँग समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो ।

National Life

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताए । संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न नसक्ने बताउनुभायो ।

प्रतिकृया