• ३ असोज २०८३, शनिबार
  • ६ः१२ बेलुका

परराष्ट्रमन्त्री ज्ञवाली रुस प्रस्थान गर्दै

प्रकाशित मिति

२०७६ मंसिर ७ गते, शनिबार ०२:४६

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्विया प्रस्थान गर्दै हुनुहुन्छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्त्याउन राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो बोकेर परराष्ट्रमन्त्री ज्ञवाली मस्को प्रस्थान गर्न लाग्नु भएको हो ।

National Life

सन् २०११ मा तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गर्नुभएको थियो भने त्यसअघि सन् १९९२ मा रुसका तत्कालीन परराष्ट्रमन्त्री नेपाल आएउनु भएको थियो । मस्कोमा मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुई देशबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि मन्त्री ज्ञवाली सर्विया जाने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको त्यहाँका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया