• ४ असोज २०८३, आइतबार
  • ७ः३६ बेलुका

भिसा र करारपत्रमा कामदारको पेशा फरक परेकाले दूतावाससँग विभागको आग्रह

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार १०:४६

 

National Life

काठमाडौं , वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा कामदारको पेशा फरक परेको भन्दै एकरुपता ल्याउने विषयमा पहल गर्न खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई आग्रह गरेको छ । नेपालका विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा , नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लैख्दै उक्त आग्रह गरेको हो ।

विभागले नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभाग अन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन कठिनाइ भएको उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कतिपय कामदारहरु अन्य पेशामा काम गर्न जाने तर भिसा भने ड्राइभर र अपरेटरजस्ता सीप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख हुने गरेबाट सीप प्रमाणित हुने कागजात पेश नभएसम्म पुनः श्रम स्वीकृति नहुने भन्दै त्यस विषयमा कामदारहरुलाई आ–आफ्ना कम्पनीबाट प्रमाणपत्र लिन सचेत गराउन गैर आवासीय नेपाली संघका एकाईहरुलाई समेत परिचालन गर्न आग्रह गरको छ ।

विभागले केही दिनअघि गरेको ओरियन्टेशनमा संस्थागत श्रम स्वीकृतिमा पनि यस प्रकारका समस्या आएको भन्दै व्यवसायीहरुले विभागले समस्या बुझेर श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रतिकृया