• ३ असोज २०८३, शनिबार
  • ६ः३१ बेलुका

नेपालीकी समृद्धि रिमाल अमेरिकाको सेनाको मेजरमा

प्रकाशित मिति

२०७६ कार्तिक १० गते, आईतवार ०२:५७

काठमाडौँ, नेपाली मूलका समृद्धि रिमाल अमेरिकी सेनाको मेजर बन्नु भएको छ । सम्भवतः नेपाली मूलकी अमेरिकी सेनामा कार्यरत उच्च तहमा पुग्ने पहिलो नेपाली महिला रिमाल नै हुनुहोला । रिमाल अमेरिकी सेनामा उच्च तहमा पुगे पनि नेपालबाटै अमेरिकी सेनामा आबद्ध हुने व्यवस्था भने छैन । उहाँ हाल अमेरिकाका रक्षा मन्त्रालयमा कार्यरत हुनुहुन्छ । नेपालीहरूलाई सहज रूपमा अमेरिका जान वातावरण नरहे पनि धेरै नेपालीहरू अमेरिकामा रहँदै आएका छन् ।

National Life

११ वर्षको सानै उमेरमा परिवारसँग अमेरिका पुपुग्नु भएकी रिमालले १८ वर्षको उमेरमा उच्च शिक्षा हासिल गरेर अमेरिकी सेनामा आबद्ध हुनु भएको हो । स्नातकोत्तरको शिक्षा सोनाम आबद्ध भइसकेपछि पुरा गर्नुभएको हो । नेपाली मूलका भएर पनि अमेरिकी सेनामा कार्यरत हुन पाउँदा खुसी लागेको बताउनु हुन्छ ।

प्रतिकृया