हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
प्रकाशित मिति
२०८३ आश्विन ५ गते, सोमबार ०९:२०
५ असोज २०८३ काठमाडौं — हिमालयन बैंक लिमिटेडले विभिन्न चारजना संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार अमिर रत्न डंगोलको नाममा रहेको १ लाख कित्ता, मिना महर्जनको ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनको ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठको ३८ हजार ९८२.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो ।
यसअघि नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि शेयर बिक्रीमा राखेको जनाएको छ ।
बैंकका अनुसार इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून तथा शेयर विभागमा निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयरको मूल्य तथा अन्य विवरण सोही विभागबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।






प्रतिकृया