नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
प्रकाशित मिति
२०८३ भाद्र १७ गते, बुधबार १२:५९
काठमाडौं । केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् ।
यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै, त्यहाँका विदेश तथा डायस्पोरा मामिला मन्त्रीपरिषद् सचिव डा मुसलिया मुड्वडीमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

“विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले, हामी नेपालका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौं—जसमा हामीले गुमाएकाहरू प्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनःनिर्माण गरिरहेकाहरूको दृढताको सम्मान पनि गर्दछौं” सन्देशमा उल्लेख गर्दै उनले दुःखको यस घडीमा नेपालसँग ऐक्यबद्धता रहेको बताएका छन् ।


Related
Recent News
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया