• ६ असोज २०८३, मंगलबार
  • ६ः०७ बिहान

रसुवा भन्सारबाट ६ महिनामा १ अर्ब १६ करोड राजस्व संकलन

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार १०:१४

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार हाल करिब २०० वटा मालवाहक कन्टेनरका सामग्री परीक्षण भइरहेको छ ।

National Life

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुंगा र बालुवा हटाउने काम नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको उनले बताए । हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने क्षेत्र खाली भएको छ भने केही स्थानमा अझै सफाइ कार्य जारी रहेको छ ।

प्रतिकृया