• ४ असोज २०८३, आइतबार
  • ३ः१७ दिउँसो

रवि–बालेन संवाद निर्णायक मोडमा, सहकर्मीहरूद्वारा सहमतिको खाका अन्तिम चरणमा

प्रकाशित मिति

२०८२ पुष ११ गते, शुक्रबार १२:२४

११ पुस,२०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जारी राजनीतिक संवाद निर्णायक मोडमा पुगेको छ। दुवै पक्षका सहकर्मीहरू सक्रिय भएर विस्तृत सहमतिको खाका तयार पार्ने गृहकार्यमा जुटेका छन्।

National Life

निकट स्रोतका अनुसार शुक्रबार रातिसम्म संवादले ठोस निष्कर्ष पाउने अपेक्षा गरिएको छ। पार्टी एकता वा औपचारिक सहकार्यको घोषणा समेत छिट्टै हुन सक्ने संकेत देखिएको छ। छलफलमा नेतृत्व संरचना, पार्टीको नाम, चुनाव चिह्न तथा उम्मेदवार व्यवस्थापन जस्ता विषयमा केन्द्रित संवाद भइरहेको बताइएको छ।

रवि–बालेनबीच उत्पन्न हुन थालेको तिक्तता चिर्न सहकर्मीहरूले दुवै नेतालाई लचिलो हुन दबाब दिएका छन्। नयाँ राजनीतिक शक्तिहरूबीच एकता समयको माग भएको निष्कर्षसहित संवाद सकारात्मक दिशातर्फ अघि बढिरहेको सहभागीहरूको दाबी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया