• ४ असोज २०८३, आइतबार
  • ९ः४२ बिहान

पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ०९:३५

६ पुस,२०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल देशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हुस्सु लागेको छ।

National Life

विभागले तराई क्षेत्रको तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा विशेषगरी बिहानको समयमा आंशिक असर पर्न सक्ने जनाएको छ।

यस्तै, आज दिउँसो र राति देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया