• ४ असोज २०८३, आइतबार
  • ५ः३१ बेलुका

रास्वपाको चेतावनी : नेता–कार्यकर्ताले आफूखुसी उम्मेदवारी घोषणा नगरोस्

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०१:३०

मंसिर १६, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता–कार्यकर्तालाई पार्टीले आधिकारिक निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न चेतावनी दिएको छ। केही नेता–कार्यकर्ताले स्वतः आफूलाई उम्मेदवार घोषणा गर्न थालेपछि उम्मेदवार छनोट समितिले औपचारिक रूपमा सचेत गराएको हो।

National Life

समितिका अनुसार हालसम्म रुपन्देही–३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा टुंगो लागेको छ। अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार चयन भएको छैन। त्यसैले अरू क्षेत्रमा दाबी, घोषणा वा प्रचार–प्रसार गर्नु गलत र भ्रम फैलाउने गतिविधि भएको समितिको भनाइ छ।

रास्वपाले उम्मेदवार चयन पार्टीको आधिकारिक रूपरेखा र विधिअनुसार मात्रै हुने स्पष्ट गर्दै, आधिकारिक निर्णय नआएसम्म कुनै पनि अपुष्ट अभिव्यक्ति, प्रचार वा अफवाह फैलिने गतिविधि नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

समितिले उम्मेदवार छनोट प्रक्रियाप्रति विश्वास राख्न, पार्टी अनुशासन पालन गर्न र स्वस्थ राजनीतिक संस्कारलाई सम्मान गर्दै अघि बढ्न सबैलाई अपिल गरेको छ।

प्रतिकृया