• ६ असोज २०८३, मंगलबार
  • २ः०२ राती

जेन–जी आन्दोलनमा गोली प्रहार आत्मरक्षाका लागि भएको पूर्व गृहसचिव दुवाडीको दाबी

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०४:१८

मंसिर १५ , २०८२ काठमाडौं – जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाएको दाबी तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले गरेका छन्। सर्वाेच्च अदालतमा परेको रिटमा जवाफ दिँदै दुवाडीले आन्दोलनकारीहरू सरकारी तथा सार्वजनिक क्षेत्रमा प्रवेश गरेपछि सुरक्षाकर्मीका हातहतियार, गोलीगट्ठा र सार्वजनिक सम्पत्तिमा जोखिम बढेको उल्लेख गरेका छन्।

National Life

उनका अनुसार सुरक्षा संवेदनशीलता बढेपछि सुरक्षाकर्मीले कानुनअनुसार आत्मरक्षा र सम्पत्ति सुरक्षाका लागि बल प्रयोग गरेको स्थितिले देखाउँछ। संसद् परिसरमा प्रवेशको अवस्था बनेपछि सुरक्षाकर्मीहरूले कर्तव्यअनुरूप कदम चालेको र यसको लागि कसैलाई कारबाहीको माग गर्नु नहुने उनको तर्क छ।

जेन–जी आन्दोलनपछि दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको थियो। सचिवीय वरीयतामा पहिलो स्थानमा रहे पनि उनी मुख्यसचिव नबनी मंसिर ७ बाट अनिवार्य अवकाशमा गएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया