• ४ असोज २०८३, आइतबार
  • ६ः३१ बिहान

प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६१ दल दर्ता, ८ लाखभन्दा बढी नयाँ मतदाता निवेदन

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार ०५:००

मंसिर ८, २०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६१ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा दर्ता कायम १३२ दलमध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि औपचारिक रूपमा दल दर्ता गराएका हुन्।

National Life

उनका अनुसार आयोगले आगामी निर्वाचनमा अधिकतम दलको सहभागिता सुनिश्चित गर्न दर्ता प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार मतदाता बन्न नयाँ निवेदन परेको आयोगले जनाएको छ। यी निवेदनहरू रुजू प्रक्रिया पूरा भएपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको मतदाता नामावली प्रकाशित गरिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

नामावलीमा त्रुटि वा उजुरी परेमा मंसिर २१ देखि २७ गतेसम्म संशोधन गर्न सकिने व्यवस्था आयोगले गरेको छ। संशोधन प्रक्रिया सकेपछि पुस १५ गते प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रतिकृया