निर्वाचन आयोगमा १८ नयाँ दल दर्ता प्रक्रियामा
प्रकाशित मिति
२०८२ कार्तिक २० गते, बिहीबार १२:०८
काठमाडौँ — निर्वाचन आयोगमा हालसम्म १८ वटा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन परेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टी नामक दलले दर्ता निवेदन दिएको हो।
जेन-जी आन्दोलन अघि ९ वटा दल दर्ताका लागि निवेदन परेका थिए भने त्यसपछि थप ९ दलले दर्ता निवेदन दिएका छन्। आयोगले सबै १८ निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ।
हालसम्म आयोगमा १२५ वटा दलले दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका छन्। नयाँ दलहरूले कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिनुपर्नेछ। त्यसपछि मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ।
आयोगको कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने पुस १८ र १९ गते बन्दसूची पेश गर्नुपर्नेछ। प्रचारप्रसार फागुन ३ देखि १८ गतेसम्म हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यक्रम छ।






प्रतिकृया