आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : अध्यक्ष ओली
प्रकाशित मिति
२०८२ भाद्र २० गते, शुक्रबार ०२:१४
भदौ २०,२०८२ ललितपुर – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एमालेले २०८४ सालको निर्वाचनमा कम्तीमा एकल बहुमत ल्याउने विश्वास व्यक्त गरे।
उनले भने, “०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ। कम्तीमा एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनताबीच सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन।”
ओलीले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने दाबी गर्दै आफूहरू सरकारमै रहेकाले धाँधली हुने कुनै आशंका नरहेको बताए। “हामी सरकारमा छौं। आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमै रहेर धाँधली रोक्नेछौं,” ओलीले भने।
पार्टी अध्यक्ष ओलीले यस्ता परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचनका लागि अझै सक्रियतापूर्वक जनताबीच पुग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।






प्रतिकृया