• ४ असोज २०८३, आइतबार
  • ८ः४१ बिहान

सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने भनिए पनि तयारी छैन

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ०५:३५

भदौ १७,२०८२ काठमाडौं – फेसबुक (मेटा)ले नेपालमा आधिकारिक रूपमा ‘कन्टेन्ट मोनेटाइजेशन’ सुरु गरेको छ। अब नेपाल लोकेशन र नेपाली बैंक खातामार्फत फेसबुकबाट प्रत्यक्ष कमाई गर्न सकिने व्यवस्था लागू भएको छ।

National Life

यता सरकारले भने सामाजिक सञ्जाल सूचीकरणमा नआए फेसबुकसहित सबै प्लेटफर्मलाई बन्द गर्ने चेतावनी दिइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र दर्ता गर्न सामाजिक सञ्जाललाई आह्वान गरेको थियो। त्यसअनुसार मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै थप सात दिनको म्याद दिएको थियो, जसको अवधि बुधबार सकिँदैछ।

सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने निर्णय सरकारले गरेको भए पनि यसबारे ठोस तयारी नभएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालले मातृभुमिन्युजलाई बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकरणमा आएका छन्। बाँकी सामाजिक सञ्जाल सम्पर्कमै नआएको मन्त्रालयले जनाएको छ। प्राधिकरण र मन्त्रालय दुवैले सरकारको लिखित निर्देशनबिना सामाजिक सञ्जाल निष्क्रिय बनाउने तयारी नभएको स्पष्ट पारेका छन्।

प्रतिकृया