• ३ असोज २०८३, शनिबार
  • ८ः२६ राती

प्रधानमन्त्री ओलीले तियानजिनमा एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ०९:०२

भदौ  १६,२०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्।

National Life

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा छन्। सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीच दुई पक्षीय भेटवार्ता पनि भइरहेका छन्। आजै उनले रुसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाई सिपानडोनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया