• ४ असोज २०८३, आइतबार
  • ४ः४७ बेलुका

आज अन्तर्राष्टिय परमाणु हतियार निर्मुल दिवस कार्यक्रम गरी मनाईँदै

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार ०८:५८

अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ। विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो। सन् १९४६ मा बसेको संयुक्त राष्ट्र संघको महासभामा संसारबाट परमाणु हतियार निर्मुल पार्ने संकल्प गरिएको थियो। संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए। अमेरिकाले आफ्नो परमाणु उर्जा आयोगलाई सन् १९५२ मा भंग गरेको थियो। तर त्यसअघि नै जापानको नागासाकी र हिरोसिमामा अमेरिकाले गरेको परमाणु आक्रमणले लाखौं मानिसको ज्यान लिएको थियो।

National Life

संयुक्त राष्ट्र संघले आफ्ना विभिन्न सभामा परमाणु निर्मुलीकरणका लागि योजनाहरु पेश गर्दै आएको छ भने राष्ट्र संघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन्। संसारमा अहिले करिब १४ हजार परमाणु हतियार रहेको अनुमान छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले परमाणु हतियार मानिसहरुका लागि अनपेक्षित खतराका रुपमा रहेको बताएका छन्। उनले परमाणु हतियार प्रयोग गरी आक्रमण गर्ने चेतावनीबाट मुक्त हुन परमाणु हतियारबाटै मुक्त हुनुपर्ने बताएका छन्।

प्रतिकृया