निषेधाज्ञाविरुद्ध रिट बोकेर सर्वोच्च पुगे कमल थापा
प्रकाशित मिति
२०८२ जेष्ठ २२ गते, बिहीबार ११:०९
काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापा निषेधाज्ञाविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् । राजावादी आन्दोलनलाई लक्षित गरी सिङ्गो काठमाडौं महानगरपालिकालाई नै निषेधित क्षेत्र घोषणा गरेर आफूहरूको आवाजमा प्रतिबन्ध लगाउन खोजेको भन्दै आफू सर्वोच्च अदालत पुगेको उनले बताएका छन् ।
उनको रिट निवेदन सर्वोच्चले दर्ता गर्न मानेको छैन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ भन्दै अध्यक्ष थापाले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्चले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको तर सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि तयार नभएको गुनासो गरेका छन् ।
आफू सर्वोच्च गएको र रिट निवेदन दर्ता नगरेकोबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘थरीथरीको न्याय १ माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो । तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ ।’






प्रतिकृया