• ५ असोज २०८३, सोमबार
  • ५ः१० बेलुका

आन्दोलन नछाडेसम्म राजावादी नेताहरूलाई पीएसओ नदिने

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार १२:०८

काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित जारी आन्दोलन नरोकेसम्म राजावादी नेताहरूले अंगरक्षक (पीएसओ) सुविधा नपाउने भएका छन्। सरकारले आन्दोलनका क्रममा खटाइएका सुरक्षाकर्मीहरू फिर्ता बोलाएको छ।

National Life

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्री रमेश लेखकसँग अंगरक्षक फिर्ता बोलाइनुको कारणबारे प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री लेखकले आन्दोलनका कारण उत्पन्न सम्भावित सुरक्षा चुनौतीका कारण केही सुरक्षाकर्मीहरू अन्यत्र खटाउनु परेको बताए। उनले भने, “हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो। यी घटनाहरू भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया