• ५ असोज २०८३, सोमबार
  • ४ः४० बेलुका

नेपालका राष्ट्रपति समक्ष केन्याका राजदूत पिटर मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार ११:४५

काठमाडौं । केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नेपालका राष्ट्रपति राम चन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।

National Life

सोही दिन महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीद्वारा कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्या को अवैतनिक दूतावास कार्यलयको उद्घाटन पनि गरिएको छ ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित बिशेष समारोहमा महामहिमको अध्यक्षतामा दुबै देश बिचको ब्यापार प्रबर्धनका साथै संस्कृतिक तथा अन्य विविध छेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबधता जनाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन् ।

प्रतिकृया