• ३ असोज २०८३, शनिबार
  • ९ः५७ राती

नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारको उजुरी अख्तियारमा दर्ता

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार १०:४६

काठमाडौ । राष्ट्रीय मातृभुमी पार्टिले आज नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। राष्ट्रीय मातृभुमी पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलिले उजुरी दर्ता गराएको हो। बर्षौ देखि भ्रष्टाचार मौलाउदै गएको नेपाल बायुसेवा निगममा कुनै पनि अधिकारीहरु माथि कारवाही हुन नसको हुदा भ्रष्टाचारी बिरुद्ध उजुरी दर्ता गराउन पार्टि बाध्य भएको अध्यक्ष पाण्डे बतए।

National Life

नेपाल र नेपालीको कीर्ति एवं गौरव छिटो माध्यमद्धारा संसारभर प्रक्षेपण गर्ने मूल सबाहकको परिचायक हाम्रो हवाई उडड्यन र राष्ट्रियध्वजावाहक पञ्चायतकाल पछि पनि दिनानुदिन कुशासनको चंगुलमा पर्दै व्यवस्थापन कमजोर हुँदै गएकोले धमिजाकाण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, वाइडबडी काण्ड, साउथ चाइना काण्ड, विभिन्न समयमा भएका इन्जिन मर्मत काण्ड र बेलैमा जहाज मर्मत नगरी कुवेलामा भूमिस्थ गर्ने जस्ता अनगिन्ति वेथिति र भ्रष्टाचारका प्रकरणबाट हाम्रो ध्वजाबाहकले आन्तरिक र बाह्य उडानमा गतिलिन नसकेको भन्ने ठ्म्याइ रहेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरु तत्काल लागु गर्न मिति २०८२ जेष्ठ १३ गते ध्यानाकर्षण गराई यस पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया