• ४ असोज २०८३, आइतबार
  • ५ः३८ बिहान

यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता,सार्वजनिक यातायातका चल्न थाले

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार १०:०३

काठमाडौं । यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता भएपछि आजदेखि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् ।

National Life

गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक गाडी चलाउन थालेका हुन् ।

राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा पाँच दिनदेखि र काठमाडौं उपत्यकासहितका अन्य जिल्लाहरुमा दुई दिनसम्म सार्वजनिक गाडी चलाएका थिएनन् । उनीहरुको सिन्डिकेटलाई साथ दिँदै केन्द्र सरकारका प्रतिनिधिहरुले गण्डकी सरकारले ल्याएको नियमावली स्थगितको प्रक्रिया अघि बढाउने सहमतिमा हस्ताक्षर गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया