• ३ असोज २०८३, शनिबार
  • ६ः३० बेलुका

देशभर आंशिक बदली, पहाडी भू-भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०८:५९

काठमाडौं । आज (मंगलबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

National Life

महाशाखाका अनुसार, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली कायम रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ।

हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया