• ४ असोज २०८३, आइतबार
  • ४ः०१ बेलुका

१० महिनामा ७२ प्रतिशतले बढ्यो निर्यात

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०४:१६

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले धेरै हो ।

National Life

अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको थियो । समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि हुन पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यसतै,भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागकाअनुसार समीक्षा अवधिमा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

प्रतिकृया