• ५ असोज २०८३, सोमबार
  • ६ः३० बिहान

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०८२ बैशाख २१ गते, आईतवार ०४:२६

वैशाख २१, २०८२ तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका-८ बस्ने २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया