• ४ असोज २०८३, आइतबार
  • ९ः५० बिहान

गृह मन्त्रालयद्वारा सात डिआइजीको सरुवा

प्रकाशित मिति

२०८२ बैशाख २२ गते, सोमबार ०८:२१

वैशाख २२, २०८२ काठमाडौँ: गृह मन्त्रालयले ७ डिआइजीको सरुवा गरेको छ ।

National Life

गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णय गर्दै विभिन्न ७ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेका हुन् ।

जसमा इश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय, उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी, धनुषा, अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, डम्बर बहादुर विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र गोविन्द थपलिया केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया