• ५ असोज २०८३, सोमबार
  • ८ः०९ राती

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक

प्रकाशित मिति

२०८२ बैशाख १७ गते, बुधबार ०८:००

वैशाख १७, २०८२ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

National Life

बैठकमा प्रमुख रुपमा गएराती शिक्षकहरुसँग भएको वार्ताको विषयमा छलफल हुने बताइएको छ । यस बैठकपछि सम्भवत आजै सरकारले केहि आवश्यक निर्णय लिएर शिक्षकहरुको आन्दोलन अन्त्य गर्ने तयारी भएको बताइएको छ ।

त्यसैगरी बैठकमा सरकारले शुक्रबार ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा छलफल हुदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया