• ३ असोज २०८३, शनिबार
  • ११ः२७ राती

दुर्गा प्रसाई बने राजा फर्काउने आन्दोलनको जनकमाण्डर

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार ०५:०२

चैत्र १४, २०८१ काठमाडौँ: राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईलाई राजा फर्काउने जनआन्दोलन समितिको कमाण्डर बनाएको छ । विहिबार पत्रकार सम्मेलन गर्दै नवराज सुबेदी नेतृत्वको समितिले प्रसाईलाई जनान्दोलनको कमाण्डर बनाएको हो ।

National Life

समितिले भनेको छ- ‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिइएको छ । उहाँको नेतृत्वको महाअभियानले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नु पूर्व नै भोली चैत्र १५ गते देखि शुरू हुने गरी घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको छ । त्यसलाई पूर्णरूपमा सफल बनाउन हामीले आफ्नो दायित्व संझिएका छौँ। सो आन्दोलनलाई देश-विदेशमा बस्ने सम्पूर्ण नेपालीले साथ र समर्थन दिनुहुनेछ तथा संभव भएसम्म आन्दोलन स्थलमैँ सरिक हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’

त्यस्तै सयुक्त जनआन्दोलन समितिलाई अमूल्य सुझाव तथा सल्लाह प्रदान गर्नका लागि डा. जगमान गुरुङ्गको संयोजकत्ववमा सल्लाहकार समिति बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया