• ४ असोज २०८३, आइतबार
  • ६ः०६ बेलुका

कुलमानको रिट सर्वोच्चमा दर्ता

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार ०१:५०

चैत्र १४, २०८१ काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाइएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

National Life

बुधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेल मार्फत कुलमान सर्वोच्च गएका थिए । सो रिट बिहीबार रिट दर्ता भएको हो ।

घिसिङले आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाएर रिट हालेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्चले अध्ययनपछि उक्त रिट दर्ता गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।

प्रतिकृया