ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार १०:४६
काठमाडौं, नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज ९सोमबार० अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब २३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल पुस १ गते परिपक्व हुनेछ ।
१८२ दिनको लागि केन्द्रीय बैंकले २ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७६ पुस ४ गते परिपक्क हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ भदौ ३० गते परिपक्क हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।





प्रतिकृया