• १७ भदौ २०८३, बुधबार
  • ३ः५० दिउँसो

कोन्ज्योसोममा वडामा नै पुगेर भत्ता वितरण लाभग्राही दङ्ग

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ११:१५

असोज २५, २०८० ललितपुर : कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य शुरु गरेको छ । बुधबारदेखि सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा कार्यालयहरुमा नै पुगेर भत्ता वितरण गर्ने कार्य शुरु गरिएको हो।


गाउँपालिकाले असोज २४ गते चौघरेमा स्थित् वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । त्यस्तै २५ गते नल्लुमा भत्ता वितरण हुँदैछ । २६ गते दलचोकी, २९ गते शंखु र ३० गते भारदेउमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ।

Kamana Sewa

भत्ता वितरण बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गरिने छ । भत्ता बुझ्न आउँदा लाभग्राहीले नागरिकताको सक्कल प्रति, नागरिकताको फोटो कपि एक प्रति, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक लिएर आउन गाउँपालिकाले सूचना मार्फत आग्रह गरेको छ।

Classic Tech Desktop

२०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोनह अधिकारीले एक सय रुपियाँबाट ज्येष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने शुरु गरिएको थियो । विभिन्न समयमा बनेको सरकारले उक्त भत्तालाई बढाएर अहिले ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ। सरकारले ज्येष्ठ नागरिकले, एकल महिला, पाँच वर्ष मुनिको दलित बालबालिका अपांगता भएका व्यक्ति लगायतलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

प्रतिकृया