• ३ असोज २०८३, शनिबार
  • ८ः३६ राती

इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०१:२२

असाेज २३, २०८० काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

National Life

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई बोलाएर मृतकको शव तत्काल ल्याउन, घाइतेको उपचारको पहल गर्न र नेपाल फर्कन चाहनेलाई उद्धार गरेर ल्याउन निर्देशन दिइएको हो ।


यस्तै बेपत्ता भएका नेपालीको खोजी कार्य र नेपाल आउन चाहनेलाई फिर्ता ल्याउनका लागि समन्वय र पहलकदमी लिन समितिले निर्देशन दिएको छ । साथै भविष्यमा यस्ता खालका घटना घट्न सक्ने सम्भावना भएका नेपालीहरू रहेका मुलुकका नेपाली दूतावासलाई सावधानी अपनाउन र स्रोत र साधनले सम्पन्न बनाउन निर्देशन दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सभापति राजकिशोर यादवले भने, ‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ । साथै भविष्यमा हुने यस्ता खाले घटनाको पूर्व आङ्कलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न र ती निकायहरूलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ ।’

प्रतिकृया