• ४ असोज २०८३, आइतबार
  • ४ः०० बेलुका

राष्ट्रिय शोकका कारण राष्ट्रिय सभाको बैठक स्थगन

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार १२:१५

असाेज २३, २०८० काठमाडौं : राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।आज बिहान ११ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

National Life

इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । साथै आज देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।


यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका ४९ विद्यार्थीमध्ये १० जनाको आक्रमणमा परी निधन भएको हो । आज सुदूरपश्चिम विश्वविद्यालयले पनि शोक बिदा दिएको छ ।

प्रतिकृया