• ५ असोज २०८३, सोमबार
  • ५ः०१ बिहान

ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा,

प्रकाशित मिति

२०८० श्रावण २० गते, शनिबार ०२:०१

२० श्रावण २०८०, काठमाडौँ: काठमाडौंको किर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

नियन्त्रणमा आउनेमा बा २ ख ३६ ७२ नम्बरको मिनी बस चालक भारत घर भइ हाल काठमाडौंको किर्तिपुर बस्दै आएका ३६ वर्षीय रोशन सिंह, बा ४ ख २७१७ नम्बरको भाडा बस चालक उदयपुर घर भइ किर्तिपुर बस्ने २८ वर्षीय राम सिह राई, बा ३ ख ४९ ८३ नम्बरको भाडा बस चालक मकवानपुरको कैलाश गाउँपालिका २ घर भएका २६ वर्षीय सुशान्त घर्ती र बा ३ ख १८ ६५ नम्बरका पानी ट्याङ्कर चालक सिन्धुपाल्चोक घर भइ हाल चोभार बस्ने ३० वर्षीय सुनिल के.सि. रहेका छन् ।


नियन्त्रणमा लिएका चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त किर्तिपुरमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको
प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त किर्तिपुर संयुक्त टोलिले आज‍ २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भनेलागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए । यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिकृया