• ५ असोज २०८३, सोमबार
  • ७ः५० बिहान

नयाँ आर्थिक वर्ष सुरू भए सँगै नेप्से परिसूचक ४७.०७ अंकले बढ्याे

प्रकाशित मिति

२०८० श्रावण १ गते, सोमबार ०४:२८

१ श्रावण २०८०, काठमाडौँ: नयाँ आर्थिक वर्ष २०८०/८१ सुरू भए सँगै को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ।

National Life

गत कारोबार दिन २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ पुगेको छ। यस दिन २५७ वटा धितोपत्रको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको हो।


सोमबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य १ हजार २३२ रुपैयाँ पुगेको छ। यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५३८ रुपैयाँ ४० पैसा पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सेयरमूल्य सर्वाधिक घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ। उक्त योजनाको इकाइ मूल्य ८.३७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ २० पैसामा सीमित भएको छ।


यस्तै, सानिमा ग्रोथ फण्डको इकाइ मूल्य ७.५१ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रति इकाइ मूल्य ९ रुपैयाँ २४ पैसामा झरेको छ।


सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६६२ रुपैयाँमा १४ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशत बढेको हो।


सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१६ रुपैयाँमा १० करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।


यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.१४ प्रतिशतले बढेको छ ।

प्रतिकृया