• ३ असोज २०८३, शनिबार
  • ८ः१४ राती

जेठ ८ गते धनगढीमा पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरिने

प्रकाशित मिति

२०८० जेष्ठ ६ गते, शनिबार १०:०७

जेठ ६, २०८०, धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो।

National Life

शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि शनिबार पत्रकार सम्मेलन गरेर पूर्वराजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ ।


पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजक समितिका मिडिया संयाेजक ललित जाेशीले पत्रकार सम्मेलनमा जानकारी दिए । पूर्वराजाको नागरिक अभिनन्दन ८ गते सोमबार दिउँसो ३ बजे धनगढी रङ्गशालामा हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि जेठ ६ गते धनगढी रंगशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो ।


आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतबार नै धनगढी पुग्ने र सोमबार नागरिक अभिनन्दन गर्ने तयारी थालेको जनाएको छ ।

प्रतिकृया