• १७ भदौ २०८३, बुधबार
  • ४ः२४ बेलुका

२३ ओटा दुईपाङग्रे सवारी साधन आज सम्बन्धीत धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०१:१३

२५ फागुन २०७९, काठमाडौँ: विभिन्न मितिमा हराएका २३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए ।


यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनि ११६२ ओटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३५३ ओटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये आजको २३ ओटा सहित ३२८ ओटा दुईपाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ । यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ ओटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा बुझाइएको छ ।

Kamana Sewa

अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको छ ।

Classic Tech Desktop

यस्तै यहि आर्थिक वर्षमै धनी नखुलेका ९५ ओटा दुई पाङ्गे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाईएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ ओटा सवारी साधन बुझाइएको हो । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले पनि आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगाएत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नको लागी पनि ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक काफ्लेले अनुरोध समेत गर्नु भएको छ ।

प्रतिकृया