नेप्से उकालो यात्रामा : परिसूचकसँगै बढ्यो कारोबार रकम
प्रकाशित मिति
२०७९ मंसिर १५ गते, बिहीबार ०४:४१
१५ मंसिर २०७९, काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको छ । नेप्से ०.५८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले बढेर ३८३.६६ विन्दुमा पुगेको छ ।
कूल २४१ वटा कम्पनीको ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर घटेको छ बाँकी सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह बढेको छ ।

आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १४ करोड ४५ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९२ रूपैयाँ ६० पैसा पुगेको छ ।

त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३।६४ प्रतिशतले घटेर ७ रूपैयाँ ९५ पैसामा झरेको छ ।




प्रतिकृया