• ३ असोज २०८३, शनिबार
  • ७ः४६ बेलुका

चीनमा लकडाउनविरुद्धको प्रदर्शन प्रमुख सहरमा पनि, राष्ट्रपति सीको राजीनामा माग

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार ०९:०६

१२ मंसिर, २०७९, काठमाडौँ: चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको कडा प्रतिबन्धको विरोधमा प्रदर्शन जारी रहेको छ । सर्वसाधारणले दोस्रो रात पनि प्रदर्शन गरेका हुन्। अहिले प्रदर्शन प्रमुख सहरहरूमा फैलिएको छ । राजधानी बेइजिङ तथा आर्थिक केन्द्र शाङ्घाइसहितका सहरमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

National Life

केही प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा पनि माग गरेका छन् । उनीहरूले राष्ट्रपति सीको शून्य-कोभिड नीतिलाई लकडाउनको कारक रहेको आरोप लगाउँदै तत्काल प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन् ।


शून्य-कोभिड नीतिअन्तर्गत कोभिड परीक्षण, क्वारेन्टिन तथा लकडाउनसहितका उपाय अपनाउने गरिएको छ । पछिल्लोपटक उत्तर-पश्चिमी सहर उरुम्कीको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो। गएको बिहीबार भवनमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उरुम्कीमा गएको अगस्टदेखि नै लकडाउन जारी छ। लकडाउनका कारण उद्धार प्रयास प्रभावित भएकाले सर्वसाधारणको ज्यान गएको प्रदर्शनकारीको आरोप छ ।


कोरोना भाइरसको उत्पत्ति भएको वुहानसहितका सहरमा पनि प्रदर्शन भएको जनाइएको छ ।

प्रतिकृया