• १७ भदौ २०८३, बुधबार
  • ४ः३१ बेलुका

२४ घण्टामा ५६४ कोरोना संक्रमित पुष्टि

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०५:१४

११ साउन २०७९,काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ४५४ नमुना परीक्षण उक्त संख्यामा संक्रमित फेला परेका हुन् । २ हजार ७७८ पीसीआरमा ४१८ र १ हजार ६७६ एन्टीजेन परीक्षणमा १४६ जना संक्रमित फेला परेका छन् ।


मंगलबार ६३८ जना संक्रमित फेला परेका थिए । २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकामा २७६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं २१८, ललितपुरमा ४१ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १ लाख १ हजार ६०० जनाले खोप लगाएका छन् ।

Kamana Sewa

प्रतिकृया