• ५ असोज २०८३, सोमबार
  • ११ः११ राती

रेडक्रसको इमरजेन्सी अपरेसन सेन्टर सक्रिय,बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०१:३०

काठमाडौं, नेपाल रेडक्रस सोसाइटीले मनसुन तयारी योजना अनुसार इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको छ । देशका अधिकांश स्थानमा परेको अविरल बर्षाले सडक अवरुद्ध, डुवान, बाढी र पहिरोका घटनाहरु हुँदै गर्दा स्थानीय निकाय, सरकार, सुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वयंसेवक र कर्मचारी परिचालित भएका हुन् । पहिलो चरणमा मानिसहरुको ज्यान जोगाउने, उद्धारको काममा नै स्थानीय स्तरमा रेडक्रसकर्मीहरु लागिरहेको नेपाल रेडक्रसका विपद् व्यवस्थापन उप निर्देशक हरिमोहन श्रेष्ठले जानकारी दिनुभयो । यसअनुसार विपद्को अवस्थाअनुसार तथ्यांक संकलन, राहत, उद्धार, सहयोग, समन्वय, प्रतिवेदन, बन्दोबस्ती लगायतको क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरमा दक्ष स्वयंसेवक र कर्मचारीलाई परिचालन गरिएको छ ।

National Life

खासगरी प्रदेश नं १, २ र ३ मा बढी जनधनको क्षति भएको देखिएको छ । डुबानको समस्या रौतहट, उदयपुर, सिरहा लगायतको क्षेत्रमा गम्भीर छ । काठमाडौंको तीनथानाको पहिरो रोकथामको लागि २०० र कुलेश्वरको बाढी रोकथामको २०० वटा बोरा नेपाल रेडक्रस सोसाइटीले शसस्त्र प्रहरीलाई उपलव्ध गराएको छ । ती बोराहरुमा बालुवा भरी अस्थायी छेकवार गर्ने काम भइरहेको छ ।

डोटी र दार्चुलामा भारी वर्षा भइरहेको र क्षतिहुन सक्ने भएकोले खोला नदी छेउछाऊ र पहिरो जानसक्ने क्षेत्रमा समुदायलाई सतर्क रहन आव्हान गरिएको छ ।रेडक्रसले आपत्कालीन सहयोगको लागि देशका विभिन्न स्थानमा राहत सामग्रीहरु पुर्याईसकेको र द्रुत सर्वेक्षण सँगसँगै सामग्री वितरण गरिने सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया