• ४ असोज २०८३, आइतबार
  • ३ः५८ दिउँसो

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०२:१०

एजेन्सी, श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नु भएको छ । नेता नेपाल श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुग्नु भएको हो ।

National Life

बिहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटघाट भएको थियो । भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गर्नु भएको छ । भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गरेका नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया